२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

हत्या अभियोगमा कञ्चनपुरमा वडाध्यक्षसहित ६ जना पक्राउ

हत्या अभियोगमा कञ्चनपुरमा वडाध्यक्षसहित ६ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह राना, सुबदेव राना, भंगि राना, रुद्र राना, दुखसो राना र सुरज राना पक्राउ परेका हुन् ।

उनीहरूलाई बेलौरी नगरपालिका–९ कै स्थानीय १८ वर्षीय अनुश राना मृत फेला प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

आइतबार अदालतबाट म्याद थपसमेत गरिएको छ। कार्तिक २४ गते मृत फेला परेका रानाका बुबाले आत्महत्या दुरुत्साहनमा उनीहरूविरुद्ध किटानी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij