२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

मुगुमा १३ खानेपानी योजनाको नक्कली डीपीआर, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुगुमा १३ खानेपानी योजनाको नक्कली डीपीआर, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली डीपीआर तयार गरी सरकारी रकम हिनामिना गरेको आरोपमा मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विभिन्न १३ वटा खानेपानी योजनाको डिपिआर निर्माणका नाममा फर्जी कागजात खडा गरी ३९ लाख ४० हजार ३०९ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौँमा बुधबार आरोपपत्र दायर गरेको हो।

मुद्दा दायर गरिएकाहरुमा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल, तत्कालीन लेखापाल रून बहादुर सेजुवाल र परामर्शदाता कम्पनी एलाइड इन्जिनियरिङ्ग प्रा.लि. (नयाँ बानेश्वर) का प्रबन्ध निर्देशक चन्द्र बहादुर बुढा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij