२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

चक्रवात अर्नबका कारण तीन दिन वर्षा र हिमपातको सम्भावना

चक्रवात अर्नबका कारण तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं । शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा क्रमशः बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चक्रवात आजदेखि नेपालको वायुमण्डलमा देखिन थालेको छ।

भोलि कार्तिक १२ गते बिहीबारदेखि कार्तिक १४ गते शनिबारसम्म चक्रवातको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा तथा हिमपात हुने सम्भावना छ।

यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। ती प्रदेशका थोरै स्थानमा भने भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। यी दुई प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ।

सम्भावित मौसम परिवर्तनलाई ध्यानमा राख्दै महाशाखाले सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij