२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य

विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार राति त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्यटिङमा उत्रिएको विराटनगरले सुदूरपश्चिमविरुद्ध पाँच ओभरमा दुई विकेट १०५ गुमाएर रन बनाएको हो ।

विराटनगरका सेहन जयसुर्याले ३९ रनको योगदान गरे । उनले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । आन्द्रे रसेलले २९, लोकेश बमले २५ रन बनाए ।  सुदूरपश्चिमका अभिनाश बोहराले दुवै विकेट लिए । उनले दुई ओभरमा २८ रन खर्चिए । खेल वर्षाका कारण पाँच ओभरमा छोट्ट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij