काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित दर्ता गरेको छ । शनिबार राति त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो ।
विराटनगरले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो । वर्षाका कारण खेल पाँच ओभरमा छोट्ट्याइएको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij