२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

२०८३ कार्तिक २५ मंगलबार

आफ्नै पुराना भिडियोले विवादमा तानिएपछि आशिका तामाङले दिइन् यस्तो स्पष्टीकरण

आफ्नै पुराना भिडियोले विवादमा तानिएपछि आशिका तामाङले दिइन् यस्तो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफूले विगतमा समाजका विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउँदा समर्थन गर्नेहरूले अहिले पुराना भिडियो भाइरल बनाएर आलोचना गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले ११ महिनाअघि आफू कुनै राजनीतिक दलमा आबद्ध नभई सचेत नागरिकका रूपमा गलत काम गर्ने जोकोहीलाई प्रश्न गर्ने गरेको बताएकी छन्।

त्यतिबेला आफ्ना भिडियोमा सर्वसाधारणले समर्थन र साथ दिएको उल्लेख गर्दै उनले अहिले तिनै भिडियोका अंश काटेर आलोचना भइरहेको बताइन्। कतिपय सांसदले आफ्नो आर्थिक हिसाबकिताबसमेत खोज्न थालेको भन्दै उनले व्यङ्ग्य गरेकी छन्।

उनले भनेकी छन्,‘यसरी भिडियोको क्लिप काटेर केही हुनेवाला छैन। मैले हिजो पनि भनेकै थिएँ र आज पनि छाती ठोकेर भन्छु, म यहाँ राजनीति गर्न आएकी होइन ।’

उनले पत्रकारहरुविरुद्धसमेत आक्रोश पोखेकी छन् । उनले भनेकी छन्, ‘मेरा प्यारा १२ भाइ, २८ भाइ तथा केही बेरोजगार माननीयज्यूहरूमा ! आजभन्दा ठ्याक्कै ११ महिनापहिले म एक साधारण नागरिक मात्र थिएँ । न कुनै पार्टीको झोले, न कार्यकर्ता, न त अरू केही । म केवल एक सचेत नागरिक थिएँ, जसले समाजका विकृति–विसङ्गतिविरुद्ध खरो रूपमा आवाज उठाउने गथ्र्यो। मेरा लागि सबै नागरिक बराबर थिए चाहे त्यो सामान्य मान्छे होस्, सरकारी कर्मचारी होस् वा कुनै मन्त्री नै किन नहोस्। जसले गलत गथ्र्यो, उसलाई म खुलेरै प्रश्न गर्थेँ, विरोध गर्थेँ र त्यस्ता खष्मभय बनाएर उयकत गर्थेँ।’

आफूलाई राजनीतिको आडमा स्वार्थ पूरा गर्नु नरहेको दाबी गर्दै तामाङले विगतमा लाखौँ भ्युज पाएका आफ्ना सबै भिडियो एकैपटक सार्वजनिक गरेर आलोचना गर्न चुनौतीसमेत दिएकी छन्।

उनले ११ महिनाअघि आफूलाई समर्थन गर्नेहरूले गरेका टिप्पणीका स्क्रिनसट र भिडियोका लिङ्कसमेत सार्वजनिक गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij