२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

२०८३ कार्तिक २५ मंगलबार

नेपाल संवत् नेपालको मौलिक इतिहास र पहिचानसँग जोडिएको छ : प्रचण्ड

नेपाल संवत् नेपालको मौलिक इतिहास र पहिचानसँग जोडिएको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी .(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

नेपाल संवत्को नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको नेपाल संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहिष्णुतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले नेपाल संवत्लाई २०६५ सालमा राष्ट्रिय संवत्का रूपमा मान्यता दिने ऐतिहासिक घोषणा गर्न पाउँदा गौरवको अनुभूति भएको बताएका छन्।

ऐतिहासिक व्यक्तित्व शङ्खधर साख्वाको योगदानको स्मरण गर्दै प्रचण्डले नेपाल संवत्ले समृद्धिको भावना अझ बलियो बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij