२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

२०८३ कार्तिक २५ मंगलबार

टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते

टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते

टर्की । टर्कीको पश्चिमी क्षेत्र इज्मिर नजिकै रहेको एक स्टिल कारखानामा भएको विस्फोटमा परी १७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

सोमबार आलियागास्थित हाबास डेमिर सेलिक स्टिल कारखानामा भएको उक्त दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबै कारखानाका कामदार रहेको अधिकारीहरूले बताएका छन् ।

स्थानीय गभर्नरका अनुसार दिउँसोको समयमा क्रेनमार्फत नयाँ बोयलर अर्को स्थानमा लैजाने क्रममा दुर्घटना भएको थियो । क्रेन खस्दा बोयलरसँग सम्बन्धित उपकरण भट्टीमा खसेपछि शक्तिशाली विस्फोट भएको थियो ।nघटनास्थलमा खिचिएका दृश्यमा कारखानाभित्र भीषण आगलागी भएको र आकाशमा धुवाँको ठूलो मुस्लो उठेको देखिएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले सुरुमा दुर्घटनामा १६ जनाको मृत्यु भएको जानकारी दिएका थिए । पछि स्वास्थ्य मन्त्री केमल मेमिसोग्लुले गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेपछि मृतकको सङ्ख्या १७ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij