२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

अमेरिकाको टेक्ससमा पशुपतिनाथको मन्दिरमा प्राणप्रतिष्ठा सम्पन्न

अमेरिकाको टेक्ससमा पशुपतिनाथको मन्दिरमा प्राणप्रतिष्ठा सम्पन्न

झरना अधिकारी, अमेरिका । महाशिवरात्री पर्वको अवसर पारेर अमेरिकाको टेक्ससको ग्रेटर अस्टिनस्थित हुट्टोमा पशुपतिनाथ मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ । ग्रेटर अस्टिन नेपाली सोसाइटी –ग्यान्स) ले निर्माण गरेको पशुपतिनाथ मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा अस्टिन र आसपासका क्षेत्रमा रहेका नेपाली हिन्दूहरुको बाक्लो उपस्थिति रहेको थियो ।

वैदिक हिन्दू परम्परा अनुसार २ दिनसम्म पूजा पाठ, जप, हवन लगायतका विधि पूरा गरेर मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न भएको हो । अमेरिकामा रहेका नेपाली हिन्दूहरुको आस्थाको केन्द्रका रुपमा सो मन्दिर प्रचलित रहने विश्वास व्यक्त गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij