२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

यो गठबन्धन आफ्नै भारीले थिचिएर फतक्क कुहिएर झर्छः गगन थापा

यो गठबन्धन आफ्नै भारीले थिचिएर फतक्क कुहिएर झर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक राजनीतिक रूपमा काम गरेर चुनावी प्रणाली सुधार गर्नुपर्ने बताएका छन् । बुधबार सामाजिक संजालमार्फत भिडियो सन्देशमार्फत महामन्त्री थापाले चुनावअघि गठबन्धन गर्न नहुने बताएका हुन् ।

उनले चुनावअघिको गठबन्धन गर्ने र सानो दलले सत्ता बार्गेनिङ गर्ने प्रणालीलाई कमजोर बनाएको बताए । उनले कुनै अलमलमा नपर्न कार्यकर्ता र नेतृत्व पंक्तिमा आह्वान गरेका छन् ।

महामन्त्री थापाले प्रचण्डको नियतनै धोका दिने भएकाले आज नभए भोलि धोका दिन्थे भन्दै अलमलमा नपर्न आग्रह गरे । उनले यो गठबन्धन हिँड्न त परै जाओस् आफ्नै भारीले थिचिएर फतक्क कुहिएर झर्ने बताए ।

उनले भने, ‘गठबन्धन कुनै राजनीतिक स्थायित्वका लागि गरिएको अभ्यास नभएर बाँडीचुडी खान सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन हो ।’ उनले २ सय ३२ भन्दा बढी पालिका २ हजार ६ सयभन्दा बढी वडामा उत्कृष्ट काम गर्नुपर्ने बताए । जनतालाई निराशाबाट बाहिर निकाल्न कांग्रेसले वडा, स्थानीय, प्रदेश र संघीय संसदबाट भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij