२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

बालकुमारी घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन

बालकुमारी घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । गृह मन्त्रालयले दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटना छानबिन गर्न समिति गरेको छ । मन्त्रालयले डीआईजी लालमणि आचार्यको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

उनीहरुलाई घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन सात दिनको म्याद दिइएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ, केही घाइते र भने केही पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij