२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।

आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij