२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

क्विटो । इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

सुधार अधिकारीहरूका अनुसार कोटोपाक्सी कारागारमा चार र पिचिन्चा कारागारमा थप चार जनाको मृत्यु भएको हो ।

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका छन् ।

उनीहरूले जेलबाटै हत्या र जबर्जस्ती असुलीजस्ता आपराधिक गतिविधिको आदेश दिने गरेका छन् ।

अधिकारीहरूले पछिल्लो झडपमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई अधिकतम सुरक्षा व्यवस्था भएको ‘एल एन्कुएन्ट्रो’ कारागारमा सारिने बताएका छन् । राष्ट्रपति डानियल नोबोआको सरकारले देशका सर्वाधिक खोजीमा रहेका अपराधीलाई राख्न उक्त कारागार निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij