२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य

जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई १४८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको हो ।

जनकपुर बोल्ट्सका लागि ओपनर ब्याटर तृतराज दासले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। उनले पहिलो विकेटको लागि अर्का ओपनर मोइन अलिसँग ४७ रनको साझेदारी बनाएका थिए । मोइन अलिले २१ रन बनाए। पावरप्लेमा बिना कुनै विकेटको क्षती ४५ रन बनाएको थियो  । सैफ हसन र हर्मित सिंह क्रमशः १ र ९ रन बनाएर पेभेलियन फर्किए।

अनिल कुमार शाहले ९ रन बनाउँदा जिमी निशम ११ रनमा क्याच भए। जनकपुरका युवा ब्याटर अभिषेक तिवारीले आक्रमक ब्याटिङ प्रदर्शन गरे। उनले १० बलमा १ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे। अमर सिंह रौतेला २ रनमा बोल्ड भए। पोखराले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो। जनकपुर बोल्ट्सको भने यो तेस्रो खेल हो ।

जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा भने जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध ८ विकेटको जित दर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij