काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेल मध्यान्ह साढे १२ बजे सुरु हुनेछ । यस्तै, विराटनगर र सुदूरपश्चिमबीचको खेल अपराह्न साढे ४ बजे हुनेछ । तर, दुई दिनदेखिको लगातार वर्षाका कारण दुवै खेल प्रभावित हुन सक्ने देखिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij