२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले कर्णाली याक्ससामु १८७ रनको लक्ष्य दिएको छ ।  बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रनको विशाल योगफल तयार पारेको हो ।

विराटनगर किंग्सका लागि ओपनर लोकेश बमले सर्वाधिक ८७ रनको योगदान दिए । लोकेशले ५२ बलमा ३ चौका र ९ छक्का प्रहार गरे । यस्तै, एन्गेलो म्याथिउसले ३१ र आन्द्रे रसेलले २७ रन जोडे ।

२३ बल खेलेका एन्गेलोले ४ चौका प्रहार गरे । १५ बल खेलेका रसेलले ३ चौका र २ छक्का प्रहार गरे । कर्णाली याक्सका लागि कप्तान सोमपाल कामीले ४ तथा मार्क वाट र नन्दन यादवले समान १– १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij