काठमाडौँ । काठमाडौँ गोर्खाजलाई हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौँलाई ८ विकेटले हराएको हो । काठमाडौँले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो ।
जनकपुरका मोइन अलीले नटआउट ५८, सैफ हसनले नटआउट ४० रन बनाए । काठमाण्डौका रिपन मण्डलले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाण्डौले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij