काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेल मध्यान्ह साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।
एनपीएलमा जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमाडौँ गोर्खाजले भने आज यस सिजनको पहिलो खेल खेल्दैछ । कर्णालीले प्रतियोगितामा विजयी शुरुवात गरिसकेको छ ।
यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । आठ वटा टोली सहभागी प्रतियोगिता मङ्सिर ५ गतेसम्म चल्नेछ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij