२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

मध्यपूर्व तनाव समाधान प्रयासका लागि पाकिस्तानी सेना प्रमुख तेहरान प्रस्थान

मध्यपूर्व तनाव समाधान प्रयासका लागि पाकिस्तानी सेना प्रमुख तेहरान प्रस्थान

इस्लामावाद । पश्चिम एसियामा भएको युद्धविरामलाई लिएर कुटनीतिक दबाबका बीच अमेरिका र इरानबीच प्रस्ताव आदानप्रदानपछि सकारात्मक वातावरण देखिएको र वार्ताको पहलका लागि पाकिस्तानका सेना प्रमुख असिम मुनिर शुक्रबार तेहरान प्रस्थान गरेका छन् ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीले तेहरानमा लगातार तीन दिनसम्मको कूटनीतिक संवादपछि मुनिर इरान प्रस्थान गरेक हुन् ।

यस हप्ताको सुरुमा अघोषित भ्रमणमा इरान आइपुगेका नक्वीले राष्ट्रपति मसुद पेजेश्कियान र अन्य वरिष्ठ इरानी नेताहरूसँग बैठक गरिसकेका छन् ।

इरानी र पाकिस्तानी सञ्चारमाध्यमका अनुसार उक्त छलफल तेहरान र वासिङ्टनबीचको मतभेदलाई कम गर्ने, जारी गतिरोध अन्त्य गर्ने र दीर्घकालीन क्षेत्रीय शान्ति र स्थिरता सुनिश्चित गर्ने संयन्त्रको विकास गर्ने विस्तृत प्रस्तावहरूमा केन्द्रित थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij