२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा

छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन पत्नी अञ्जना केसीसहित सर्लाही पुगेका छन् । आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका सभापति थापाले छठघाटमा पूजापाठ तथा दर्शन गरेका छन्।

उनी आइतबार राति वीरगन्ज पुग्ने र सोमबार बिहान विभिन्न छठघाटमा पुगेर व्रतालु तथा श्रद्धालुसँग भेटघाट गर्ने कार्यक्रम छ । वीरगन्जमा रहँदा उनले स्थानीयसँग अन्तरक्रिया गर्नुका साथै प्रदीप गिरी फेलोसिप शुभारम्भ कार्यक्रममा सहभागी हुने र निर्माणाधीन सामुदायिक स्वास्थ्य केन्द्रको अवलोकन गर्नेछन्।

सोमबार साँझ उनी काठमाडौं फर्किने कार्यक्रम छ ।त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पत्नी निकिता पौडेलसहित छठ मनाउन जनकपुरमा छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij