२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

सरकारविरुद्ध आन्दोलनको तयारी गर्न ओलीको निर्देशन

सरकारविरुद्ध आन्दोलनको तयारी गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै उम्मेदवारविरुद्ध गतिविधि गर्ने नेता–कार्यकर्तामाथि कडा कदम चाल्न निर्देशन दिएका छन्।

शनिबार बागमती प्रदेश सङ्गठन कमिटीको बैठकमा अध्यक्ष ओलीले पार्टीको जिम्मेवारी लिने तर निर्वाचनमा अन्य दललाई मत दिने प्रवृत्तिप्रति आक्रोश व्यक्त गरेका हुन् । उनले पार्टीको सदस्यता नछाड्ने तर मत भने अन्यत्र दिने व्यवहार राजनीतिक बेइमानी भएको बताए ।

उनले भने,‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ। पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन। भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो ।’ पार्टीभित्रै रहेर जालझेल, षड्यन्त्र र असहयोग गर्ने प्रवृत्ति सह्य नहुने भन्दै ओलीले त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

उनले पार्टीविरुद्ध गतिविधि गर्ने नेता–कार्यकर्तामाथि जिल्ला तहबाटै स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी प्रमाणित भए कारबाही गरी केन्द्रमा सिफारिस पठाउन निर्देशन दिए। अध्यक्ष ओलीले पार्टीभित्रका गुटगत विवाद र आपसी असमझदारी अन्त्य गर्न पनि आग्रह गरे ।उनले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई ध्यानमा राख्दै अहिलेदेखि नै संगठन विस्तार, जनसम्पर्क र पार्टीको विचार स्थापित गर्ने अभियानमा जुट्न निर्देशन दिए।

फरक प्रसंगमा अध्यक्ष ओलीले इनम सापकोटाको सम्पर्क जताबाट हेरेपनि सरकारसँग जोडिएको बताए । उनले भने,‘इनम भन्ने बाबु कताबाट निकालेर नचाइराख्या छन् । त्यो के नचाएको हो बुझ्दिन म । इनम सापकोटाको सम्पर्क जताबाट हेरेपनि उनीहरुसँगको सम्पर्कमात्र देखिन्छ । यो के का विरुद्ध हो, दानबहादुरमा सकियो कि अरु कुरामा पनि काम लाग्छ थाहा छैन । सरकार यस्तो छ । आगजनी तोडफोडबाट उत्पति भएको सरकार । यसले कसैको भलो गर्दैन । त्यसैले आन्दोलनका लागि तयारी गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij