२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

रुकुमको आठविसकोटमा ज्यान गुमाउनेको संख्या १४ पुग्यो, ५० जना घाइते

रुकुमको आठविसकोटमा ज्यान गुमाउनेको संख्या १४ पुग्यो, ५० जना घाइते

काठमाडौं । जाजरकोट भूकम्पबाट रुकुमको आठविसकोट नगरपालिकामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । नगरपालिका मेयर रवि केसीले अहिलेसम्म १४ जनाको मृत्यु पुष्टि भएको र उद्धार भइरहेकाले अझै बढ्न सक्ने जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म झन्डै ५० जना घाइते भएको पुष्टि भएको छ ।

“अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । ५० जना घाइते छन् । हामी उद्धारमै छौँ । अझै बढ्ने देखिन्छ,” उनले भने ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij