२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ। विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना गरेको ‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि वडा नं ५ रतचुरा टोलीले हात पारेको छ ।

खनियाखर्कस्थित खेल मैदानमा भएको सो प्रतियोगितामा वडा नं १ डुडभञ्ज्याङ दोस्रो, वडा नं ५ खनियाँखर्क तेस्रो र वडा नं १ डुडभञ्ज्याङ टोली सान्त्वना भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने टोलीले रु ५० हजार, दोस्रोले रु ३० हजार, तेस्रोले रु २० हजार र सान्त्वना हुने टिमले रु १० हजारसहित शिल्ड र मेडल प्राप्त गरेका छन्। प्रतियोगितामा विभिन्न सात वटा टिमले भाग लिएको थियो ।

बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पालिकाले जनाएको छ। उक्त पालिकाले ‘अध्यक्ष कप फुटबल’सहित विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij