२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

रुकुम पश्चिममा भूकम्पबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

रुकुम पश्चिममा भूकम्पबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौं । रुकुम (पश्चिम)मा भूकम्पबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । सानोभेरी गाउँपालिकामा एकै घरका चारजनासहित अहिलेसम्म १६ जनाको मृत्यु भएको छ ।

मृतकको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । ३६ जना घाइते भएका प्रहरीले जनाएको छ । वास्तविक तथ्यांक आइसकेको छैन।

मृतक र घाइतेको संख्या अझै बढ्नसक्ने प्रहरीको भनाइ छ ।

घाइतेहरूको स्थानीय अस्पताल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उद्धारमा सेना र प्रहरीसहित चार सयभन्दा धेरै सुरक्षाकर्मी परिचालित छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij