विराटनगर । नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले विमानस्थल भिजिट भिसा प्रकरणमा आरोप लागेकोले मन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका हुन् ।
उनले भने- ‘उहाँले नैतिकताको हिसाबले लु म क्लिन छु, मैले राजीनामा गरें, छानबिन समिति बनाउनुहोस, गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि, त्यसले मोरल स्ट्याटस देखिन्छ ।’
मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतालाई सघाउने कोइरालाको भनाई छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij