२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

एनपीएलमा विराटनगरलाई ८ रनले पराजित गर्दै चितवनको विजयी सुरुवात

एनपीएलमा विराटनगरलाई ८ रनले पराजित गर्दै चितवनको विजयी सुरुवात

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) लिगको दोस्रो खेलमा चितवनले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको हो ।   टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा अलआउट भएको हो ।  विराटनगरको लागि इम्रान शेखले सर्वाधिक ३९ रन बनाए।

उनले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर लोकेश बमले २६ रन बनाए। यी दुईले पहिलो विकेटको लागि ४० रनको साझेदारी बनाएका थिए। चारिथ आशलंका ८ रन र बसिर अहमद १३ रनमा पेभेलियन फर्किदा आन्द्रे रसेलले ३३ रन बनाए। उनले १६ बलमा बलमा १ चौका र ४ छक्का प्रहार गरे।

आन्द्रले सुरुवातमा केही समय लिए। त्यसपछि भने उनले ब्याट घुमाउन सुरु गरेका थिए। उनको साथमा एन्जेलो म्याथ्यूस रहेका थिए। यी दुईले ४३ रनको साझेदारी बनाएका थिए। एन्जेलोले १४ रन बनाए ।  त्यसअघि ब्याटिङ गरेको चितवन राइनोजको डेविट मलानले सर्वाधिक ७० रन बनाए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij