२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

रमेश लेखकको प्रश्न- कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा मन्त्रीले राजीनामा दिनुपर्ने हो ?

रमेश लेखकको प्रश्न- कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा मन्त्रीले राजीनामा दिनुपर्ने हो ?

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् ।

शनिबार काठमाण्डौंमा सञ्चारकर्मीहरुसित संक्षिप्त प्रतिक्रिया दिनुहुदै मन्त्री लेखकले गृहमन्त्रीमा हजारौमा नभएर लाखौका कर्मचारी रहेको बताए ।

 

उनले भने- ‘गृह मन्त्रालय यत्रो ठुलो मन्त्रालय छ । यसमा हजारमा होइन, लाखमा कर्मचारी छन् । लाखौलाख कर्मैचाीमा संवैधानिक निकाय यसमा अनुसन्धान गर्न सक्ष्मय निकायले कुनैबेला बेला कुनैपनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ । कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिदै जाने होः? के त्यही पद्धती बसाउने हो ? त्यो सम्भव छ? । आजसम्म त्यस्तो भाको छ ? त्यसकारण मैले भनिसके मेरा विरुद्ध राजनीतिक रुपले नियोजित रुपले षडयन्त्रमुलक ढंगले झुटाप्रचारबाजी भइरहेको छ ।’

 

मन्त्री लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन नभई आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाट राजीनामा दिने बताए ।

 

उनले भने- ‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, यदि मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले ग¥यो भने प्रमाणित भयो भने म पदबाट होइन राजनीतिबाट राजीनामाम दिन्छु । म सबैलाई आग्रह गर्दछु मेरा विरुद्ध नियोजित र सडयन्त्रमुलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ ।’  उनले सो विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij