काठमाडौं। सेयर बजार ४.१९ अंकले बढेको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१९ अंकले बढेर २६३०.७१ बिन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से १४.३१ अंकले र सोमबार २८.९१ अंकले बढेको थियो। आइतबार भने नेप्से १३.५३ अंकले घटेको थियो।
बिहीबार नेप्सेमा कुल ५ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार कारोबारमा आएकामध्ये ७० कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बिहीबार सबै वाणिज्य बैंकको सेयर मूल्य बढ्दा बैंकिङ समूह १.८१ प्रतिशतले सकारात्मक बनेको छ। विकास बैंक समूह २.४८ प्रतिशत र फाइनान्स समूह २.७० प्रतिशतले घटेको छ।
बिहीबार आत्मनिर्भर लघुवित्त र सपोर्ट लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। कर्पोरेट विकास बैंक, नारायणी विकास बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij