२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

२०८३ कार्तिक २५ मंगलबार

पोखरा महानगरले पलेशालाई  दुई लाख २२ हजार नगदसहित सम्मान गर्ने

पोखरा महानगरले पलेशालाई  दुई लाख २२ हजार नगदसहित सम्मान गर्ने

 

कास्की । पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ ।

महानगर प्रमुख धनराज आचार्यले पेरिस ओलम्पिकमा नेपाललाई पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगद  दुई लाख २२ हजार दुई सय २२ सहित सम्मान गर्न लागिएको जानकारी दिए ।

पोखरा रङ्गशालामा आज आयोजना गरिने एक कार्यक्रमका बीच पलेशालाई सम्मान प्रदान गरिने नगर प्रमुख आचार्यले जानकारी दिए ।

‘नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ तर अहिलेसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेशाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पुर्याएकी छिन्, यो सिङ्गो मुलुकका लागि गर्वको विषय हो । पलेशालगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि पोखरा महानगरपालिकाले सम्मान गर्न लागेको हो,’ आचार्यले भने ।

पोखरा महानगरपालिका सदैव राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूका साथमा रहेको आचार्यले बताए । समग्र खेलकुदको विकास, पूर्वाधार निर्माण, खेलाडीहरूको खेल कौशल तथा क्षमता विकास, विद्यालय तहका विद्यार्थीहरूको खेलप्रतिको रुचिको प्रवद्र्धनलगायत गतिविधिहरू सञ्चालन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । विसं २०२१ को एसिया युथ पारा गेम्समा स्वर्ण जितेकी पलेशा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij