२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

२०८३ कार्तिक २५ मंगलबार

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच खेल हुँदै

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच खेल हुँदै

default

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ ।

आजको खेल दुवै टोलीलाई आगामी यात्राका लागि निकै महत्वपूर्ण रहेको छ । प्ले अफको सम्भावना कायम राख्न जनकपुरलाई आजको खेल जित्नै पर्ने दबाब छ भने सुदूरपश्चिम प्ले अफलाई थप सहज बनाउन चाहन्छ ।

जारी लिगमा ५ खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहँदा समान खेल खेलेको जनकापुर ४ अंकका साथ पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij