२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

पीएनजीलाई पराजित गर्दै नेपाल फाइनलमा

पीएनजीलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । पपुवा न्युगिनी –पीएनजी)लाई ८५ रनले हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । हङकङको टिन कोङ मैदानमा मंगलबार नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा १ सय १३ रन बनाउँदा अलआउट भयो ।

उसका हिरी हिरीले सर्वाधिक २८ रन बनाए । यस्तै, टोनी उराले १३ र सेसे बाउले २१ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार, प्रतिश जिसीले दुई तथा आकास चन्द र गुल्शन झाले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका सन्दिप जोराले ५६ रन बनाए । यस्तै, कुशल भुर्तेलले ५९ रन बनाए भने विवेक यादवले ४ बलमा १९ रन बनाए ।

त्यस्तै गुल्सन झा १५ रनमा नटआउट रहे । कप्तान रोहित पौडेल एक, विनोद भण्डारी २७, आरिफ शेख ४ र लोकेश बम १४ रनमा आउट भए । पीएनजीका असद भालाले २ विकेट लिए ।

पीएनजीले आजै हङकङसँग खेल्नेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij