काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १७५ रुपैयाँ घटेको छ । चाँदी आज ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij