२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाएर आन्दोलन सुरु गर्ने

राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाएर आन्दोलन सुरु गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मागपत्र बुझाउने भएको छ । केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बुधबार बसेको पार्टीका विभिन्न समितिका संयोजकहरुको बैठकले राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह लगायत जनजीविकासँग सम्बन्धित विभिन्न विषय उल्लिखित मागपत्र फागुन ९ गते बुझाउने निर्णय गरेको हो ।

आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन र निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको उपस्थितिमा आन्दोलन परिचालन समितिका संयोजक डा.धवल शमशेर राणाको अध्यक्षतामा बसेको परिचालन समिति, पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरु, उपत्यकाका जिल्ला अध्यक्षहरु, भ्रातृ संगठनका प्रमुख लगायतको बैठकले उक्त दिन मागपत्र बुझाउने निर्णय गरेको जनाइएको छ । उक्त दिन राप्रपाले काठमाडौंमा प्रदर्शनसमेत गर्ने भएको छ ।

सोही दिन पार्टीले देशका ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मागपत्र पेस गर्ने कार्यक्रम समेत तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij