२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

विजयादशमीमा गगन थापाको सन्देश : अरूको पीडा बुझौँ, सद्भाव बढाऔँ

विजयादशमीमा गगन थापाको सन्देश : अरूको पीडा बुझौँ, सद्भाव बढाऔँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गरी सभापति थापाले यस वर्ष राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा दसैँ मनाउनुपरेको उल्लेख गर्दै चाडपर्वको खुसी आफ्नो घरआँगनमा मात्र सीमित नराख्न आग्रह गरेका छन् ।
दुःख र कठिनाइमा रहेका परिवारको पीडामा मलम लगाउन, आफ्नो खुसी बाँड्न र एकअर्काको सहारा बन्न उनले सबैलाई आह्वान गरेका छन् ।

सभापति थापाले विजयादशमीले आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । उनले सबै नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij