२०८३ मंसिर २ मंगलबार

Nov 17 2026 Tuesday

२०८३ मंसिर २ मंगलबार

कोस्टारिकामा पत्रकारको गोली हानी हत्या

कोस्टारिकामा पत्रकारको गोली हानी हत्या

कोस्टारिका । लागुऔषध तस्कर र राजनीतिज्ञबीचको कथित सम्बन्ध सार्वजनिक गर्दै आएका कोस्टारिकाका स्वतन्त्र पत्रकार क्यामिलो रोड्रिगेजको राजधानी सान जोसेनजिकै गोली हानी हत्या गरिएको छ ।

प्रहरी प्रमुख राउल रिभेराका अनुसार सोमबार सान्टो डोमिङ्गो डे हेरेडिया सहरमा गाडी चलाइरहेका ५० वर्षीय रोड्रिगेजमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेका थिए । उनले यसअघि लागुऔषध तस्कर समूहबाट ज्यान मार्ने धम्की पाएको बताएका थिए ।

रोड्रिगेजले लागुऔषध कारोबारी र राजनीतिक तथा व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिबीच सम्बन्ध रहेको दाबी गर्दै आएका थिए । राष्ट्रपति लौरा फर्नान्डिजले हत्याको निन्दा गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात बताए । गतवर्ष आफ्नो घर तस्करको पैसाबाट बनेको आरोप लगाएपछि उनले रोड्रिगेजविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए ।

पत्रकार सङ्घले घटनाको शीघ्र अनुसन्धान गर्न माग गरेको छ । पछिल्ला वर्षमा कोस्टारिका लागुऔषध तस्करीको प्रमुख केन्द्र बन्दै गएको छ । महान्यायाधिवक्ता कार्लो डियाजले हत्याको अनुसन्धान सुरु भएको जनाउँदै रोड्रिगेजले साक्षी संरक्षण कार्यक्रममा सहभागी हुन अस्वीकार गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij