काठमाडौं । आइएमई लिमिटेड समग्र रेमिट्यान्स कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् ।
नेपालको वैदेशिक मुद्रा आप्रवाहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानको कदरस्वरूप कम्पनीलाई सम्मान गरिएको हो ।
सम्मानपछि आइएमईले रेमिट्यान्स सेवासँगै उद्यमशीलताको इकोसिस्टम विकासमा जोडिएका स्वदेश तथा विदेशमा रहेका सेवाग्राही, शुभेच्छुक र साझेदारप्रति आभार व्यक्त गरेको छ । कम्पनीले यस सम्मानले राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने आफ्नो प्रतिबद्धतालाई थप बलियो बनाएको जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij