२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

अमेरिकाभर सबै उडान रोकियो

अमेरिकाभर सबै उडान रोकियो

अमेरिकी संघीय उड्डयन प्रशासन (FAA) ले शुक्रबार दिउँसो देशभर प्रस्थान हुने सबै उडान रोकेको छ। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा सञ्चार प्रणाली बिग्रिएपछि सुरक्षाको दृष्टिले यस्तो निर्णय गरिएको हो।
आकाशमा रहेका हजारौं विमानलाई भने अवतरण गर्न दिइएको छ। गृह सुरक्षा सचिव मार्कवेन मुलिनका अनुसार यो आक्रमण वा खतरासँग जोडिएको कुनै संकेत अहिलेसम्म फेला परेको छैन। परिवहन सचिव सिन डफीले कारण अनुसन्धान भइरहेको जनाएका छन्।
कतिपय अन्तर्राष्ट्रिय उडान भने केस-बाइ-केस आधारमा सञ्चालन हुँदैछन्। उडान कहिले सुचारु हुने भन्ने समयसीमा अहिलेसम्म तोकिएको छैन।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij