२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

सागर रोकायको ‘बिग्रे म त बिग्रे’ सार्वजनिक, गीतमा रुकुमको डिग्रे मेलाको झल्को

सागर रोकायको ‘बिग्रे म त बिग्रे’ सार्वजनिक, गीतमा रुकुमको डिग्रे मेलाको झल्को

विगत केही वर्षदेखि अमेरिकामा बस्दै आएका गीतकार सागर रोकायको शब्दमा तयार भएको लोकदोहोरी ‘बिग्रे म त बिग्रे’ सार्वजनिक भएको छ। यसअघि पनि विभिन्न गीतका लागि शब्द लेखेका रोकायले यसपटक रुकुमको शाइकुमारी डिग्रे मन्दिर र त्यहाँ लाग्ने मेलालाई आफ्नो सिर्जनामा समेटेका छन्।

अमेरिकाको व्यस्त दैनिकीबीच पनि गीत लेखनलाई निरन्तरता दिँदै आएका रोकायले डिग्रे मेलाको प्रसङ्गसँग प्रेम र मायामोहका भाव जोडेका छन्। रुकुमको धार्मिक आस्था र लोकपरम्परासँग जोडिएको मेलालाई गीतमा ठाउँ दिएर उनले आफ्नै गाउँठाउँसँगको लगाव पनि व्यक्त गरेका छन्। डिग्रे मेला नजिकिँदै गर्दा तिहारको अवसर पारेर उनले आफ्नै युट्युब च्यानल ‘Sagar Rokaya’ मार्फत गीत सार्वजनिक गरेका हुन्।

रोकायको शब्दमा बसन्त थापाले लय भरेका छन् भने थापा र मेलिना राईले स्वर दिएका छन्। गीतको सङ्गीत संयोजन, मिक्सिङ र मास्टरिङ एचबीएन किस्मतले गरेका हुन्। रेकर्डिङ कुमार विश्वकर्माले गरेका छन्।

विशाल घिमिरेको निर्देशनमा बनेको भिडियोमा करिश्मा केसी र प्रभात पाल ठकुरीले अभिनय गरेका छन्। बुद्ध थापाले खिचेको भिडियोको सम्पादन तथा रङ संयोजन अमृत छापागाईंले गरेका हुन्। नृत्य निर्देशन मुकेश नेपालीको छ भने कलाकारको शृङ्गार सरिता मगरले गरेकी छन्। श्री डी प्रोडक्सनले निर्माण गरेको भिडियोको पोस्टर एसडी हाउसले तयार पारेको हो।

गीतकार तथा प्रस्तुतकर्ता रोकायले गीत सुनेर र भिडियो हेरेर प्रतिक्रिया दिन दर्शक तथा श्रोतासँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij