२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागिः नेतन्याहु

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागिः नेतन्याहु

जेरुसेलम । इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोनवार्ताबारे जानकारी दिँदै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मबीच इरानसँग कुनै पनि अन्तिम सम्झौताका लागि इस्लामिक गणतन्त्रको ‘आणविक खतरा’ को पूर्ण रूपमा अन्त्य गर्ने बिषयमा सहमति भएको छ।”

नेतान्याहुले शनिबार राति दुई नेताबीच भएको कुराकानीलाई सङ्केत गर्दै भने, “फोनवार्ता धेरै राम्रो भयो।” राष्ट्रपति ट्रम्पले यसपहिले नै उक्त कुराको पुष्टि गरेका थिए ।

“राष्ट्रपति ट्रम्प र म इरानसँग कुनै पनि अन्तिम सम्झौताले आणविक खतरा पूर्ण रूपमा समाप्त गरिनुपर्छ भन्ने कुरामा सहमत भएका छौँ। यसको अर्थ इरानको युरेनियम संवर्धन केन्द्रहरू भत्काउनु र उसको क्षेत्रबाट प्रवर्धित आणविक सामग्री हटाउनु हो,” नेतान्याहूले भने ।

उनले भने, “राष्ट्रपति ट्रम्पको जस्तै मेरो नीति पनि परिवर्तन भएको छैन, इरानले आणविक हतियार उत्पादन गर्नेछैन ।”
“दुई देशबीचको साझेदारी युद्धको मैदानमा प्रमाणित भएको छ, इरान कहिल्यै बलियो भएको छैन,” यसअघि राष्ट्रपति ट्रम्पले भनेका थिए ।

ट्रम्पले लेबनान लगायत सबै मोर्चामा खतराविरुद्ध इजरायलको रक्षा गर्ने अधिकारको लागि आफ्नो प्रतिवद्धता पछिल्लो फोनवार्तामा दोहोर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij