काठमाडौं । गुहेश्वरीस्थित प्रणवानन्द आश्रमले नर्सरीदेखि सातौँ कक्षासम्मका २०० भन्दा बढी विद्यार्थीहरूलाई निःशुल्क शिक्षा, स्कुल ड्रेस, कापी-कलम र अन्य शैक्षिक सामग्री उपलब्ध गराएकोछ। “पैंसा भए अनेत्र जाउ नभए हामीसंग आउ” र “हाम्रो मौलिकता, धर्म र संस्कृति हाम्रो धरोहर” भन्ने मूल मन्त्रलाई जीवन्त बनाएको छ।
सेवा, संस्कृति र शिक्षाको अनुपम संगम:
– निःशुल्क शिक्षा र सहयोग : दान र समर्पणमा आधारित यस संस्थाले विद्यार्थीहरूलाई केवल पुस्तकिय ज्ञान मात्र होइन, मन्त्र, योग, ध्यान, धार्मिक ज्ञान र वैज्ञानिक शिक्षाको समन्वय गरेर आत्मनिर्भर जनशक्ति निर्माण गर्दै आएको छ।
– ऐतिहासिक पृष्ठभूमि: १९२४ मा स्वामी गोविन्दानन्द गिरीबाट दीक्षित जगतगुरु प्रणवानन्दजीको विरासतलाई २०५३ सालदेखि अगाडि बढाइदै, आश्रमले शैक्षिक समानताको अभियानलाई नयाँ मार्ग देखाएको छ।

समर्पित व्यक्तित्वहरूको योगदान:
स्वामी रुद्रानन्द महाराज, प्रधानाध्यापक राजाराम यादव र अन्य समाजसेवीहरूको अथक प्रयासले यो पहल सफल भएको छ। विशेष गरी, प्रधानाध्यापक राजाराम यादवजीले साझा गरे अनुसार यो संस्था “हुनेको जो पनि हुन्छ, तर केही र कोही नहुनेको लागि प्रणवानन्द आश्रम” एक विशिष्ट उद्देश्यको साथ अग्रसर छ।

धर्म, संस्कृति र शिक्षाको संरक्षण गर्दै निःस्वार्थ सेवालाई दीर्घजीवी बनाउने उदेश्य अनुरुप सुरु भएको प्रणवानन्द आश्रमको यो प्रयासले समाजमा आत्मज्ञान, आत्मविश्वास र आत्मनिर्भरताको बीउ रोप्न अग्रसर हुने प्रधानाध्यापक राजाराम यादवले बताउनु भयो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij