काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा सोमबार बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैङ्कमा मैज्दात रु १३ अर्ब ४८ करोड चार लाख २९ हजार ६४ र हिमालयन बैङ्क तथा लक्ष्मी सनराइज बैङ्कमा तीन करोड चार लाख ९१ हजार ४४४ अमेरिकी डलर पुगेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij