२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुट्दा सास्ती

थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुट्दा सास्ती

काठमाडौं । थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बताएको छ। आज बिहानै मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न हुनुका साथै सडक अवरुद्ध भएको हो ।

पाइप फुटेको स्थानमा पानी वितरण नगरिएको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बताएको छ। पाइप फुट्नुको कारण हालसम्म जानकारीमा आइनसकेको केन्द्रको भनाइ छ।

पाइप फुटेपछि सडकपेटीमा पनि क्षति पुग्नुका साथै वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रहेको रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरुमा पानीको भेल पसेर जलमग्न भएको छ ।

यसअघि माइतीघर–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा पनि मुख्य पाइप फुटेको थियो। विद्युत् प्राधिकरणले तार भूमिगत गर्न प्रयोग गरेको प्वाल खन्ने उपकरणले क्षति पुर्याउँदा पाइप फुटेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij