काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर काेइराला पक्षीय नेताहरुले आसन्न महासमिति बैठककाे पूर्वसन्ध्यामा विशेष भेला आह्वान गरेका छन् । महासमिति बैठकबाट पार्टीलाई सही नीति र दिशा दिन भन्दै काेइराला पक्षीय युवा नेताहरुले महासमिति मन्थन विशेष भेला बाेलाएका हुन् । भेला फागुन ४ गते शुक्रबार साढे १२ बजे अनुपम फुडल्याण्डमा बाेलाइएकाे छ ।
महासमिति मन्थन विशेष भेला आयाेजनाका सन्दर्भमा काेइराला पक्षका युवा नेताहरु मंगलबार दिउँसो छलफलमा जुटेका थिए । छलफलमा कांग्रेसका युवा नेताहरु गुरुराज घिमिरे, रन्जित कर्ण, भूपेन्द्रजंग शाही, बंशलाल तामाङ, मैना कार्की, गोमा केसी, रमिला महत, टेकराज पौडेल, नारायण भट्टराइ, बिनोद खनाल, मनोहरि श्रेस्ठ, मोतिलाल भन्डारी, प्रेमिका राना, किरणकिशोर घिमिरे, भुबन भट्ट, धर्मराज शाही, विनिता खड्कालगायत सहभागी थिए ।
फागुन ४ गतेकाे विशेष भेलामा महासमिति बैठकमार्फत पार्टीले लिनुपर्ने भावी कार्यदिशा, संगठन सुदृढीकरण , सरकारकाे कामकाे समीक्षा तथा आन्तरिक लाेकतन्त्र र न्यायका विषयमा छलफल हुने युवा नेता भूपेन्द्रजंग शाहीले जानकारी दिए । भेलामा प्राप्त सुझावहरु महासिमिति बैठकमा प्रस्तुत हुने र अभियानका रुपमा अगाडि बढाइने शाहीले बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij