२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

करणी मुद्दामा तनहुँका एक युवालाई १८ वर्ष कैद सजाय

करणी मुद्दामा तनहुँका एक युवालाई १८ वर्ष कैद सजाय

 

दमौली ।  तनहुँ जिल्ला अदालतले करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो । साथै निजविरुद्ध रु एक लाख जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए ।

परिवर्तित नाम २०७८/७९ चबहादुरले निजविरुद्ध जाहेरी दिनुभएको थियो । प्रहरीले प्रतिवादीविरुद्ध विसं २०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो ।

यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो । सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij