काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै काठमाडौंस्थित रूसी राजदूतावास अगाडि धर्ना दिएका छन् ।
रुसी सेनामा भर्ती भएका नेपालीहरुको अवस्था सार्वजनिक गर्न, वेपत्ता भएकाहरुको खोजी गर्दै सकुशल घर फिर्ताको वातावरण बनाइदिन माग गर्दै उनीहरुले मंगलबार धर्ना दिएका हुन् ।
धर्नामा सहभागीहरुले युद्धमा प्रयोग भएका नेपालीलाई सकुशल नेपाल फिर्ता गर, युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर, रुसी सेनामा नेपालीलाई भर्ना गर्न बन्द गर, युद्धमा मृत्यु भएका मृतकको शव नेपाल लेराइदे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
रुसी सेनामा भर्ना भएका १२ नेपाली युवाको मृत्यु भइसकेको छ भने केहीलाई युक्रेनले बन्धक बनाएको खबर आएको छ । त्यस्तै घाइते र रुसी सेनामा भर्ना भएका नेपालीको यकिन संख्या भने थाहा हुन सकेको छैन । रुसी सेनामा भर्ना भएर पछि घाइते भइ नेपाल फर्केका युवाहरुका अनुसार रुसी सेनामा ठूलो संख्यामा नेपाली भर्ना भएका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij