२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक

चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्र आगामी मंसिर ११ गतेबाट प्रदर्शनमा आउँदैछ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल लगायतको कलाकारलाई देख्न सकिन्छ ।

चलचित्रलाई बिक्की अग्रवालसँगै श्रृद्धा प्रसाईंले निर्देशन गरेका हुन् । चलचित्रमा प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको पनि अभिनय रहेको छ ।

सुदीप बरालको डिओपी रहेको चलचित्रमा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी हुन् भने सहायक निर्देशक विशाल राई हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij