२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

वीरगञ्ज कारागारबाट भागेका कैदी पाँच घण्टामै पक्राउ

वीरगञ्ज कारागारबाट भागेका कैदी पाँच घण्टामै पक्राउ

वीरगञ्ज । पर्साको वीरगञ्ज कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतबाट पक्राउ गरेको छ । करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका–४ सतवरियाका ३० वर्षीय सुनिल साह तुरहा कारागारबाट भागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार बिहान करिब ८ः२० बजे कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट उनी फरार भएका थिए ।

कैदी फरार भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा भारतको बिहारस्थित मोतिहारी जिल्लाको आदापुर थाना क्षेत्रमा पर्ने नेपाल–भारत सीमा नजिकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij