२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

एनपीएलमा लुम्बिनी र विराटनगर भिड्दै

एनपीएलमा लुम्बिनी र विराटनगर भिड्दै

default

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा आज लुम्बिनी लायन्स र  विराटनगर किंग्स खेल्दैछन् । त्रिवि क्रिकेट मैदानमा बेलुकी ५ बजे खेल हुनेछ । प्लेअफमा पुगिसकेको लुम्बिनी आज जित निकाल्दै शीर्ष स्थानमा रहेर लिगचरणको अन्त्य गर्न चाहन्छ भने विराटनगर प्लेअफमा पुग्ने सम्भावनालाई जीवित राख्न चाहन्छ ।

लुम्बिनी हाल ६ खेलबाट ९ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेलमा विराटनगरले जित निकालेपनि काठमाडौं गोर्खाज र चितवन राइनोजको खेलको नतिजा पर्खिनुपर्नेछ । काठमाडौं  हाल ६ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा र चितवन समान ६ खेलबाट ७ अंक जोड्दै चौथो स्थानमा रहका छन् ।

फराकिलो जित निकाल्न सकेको खण्डमा विराटनगर तेस्रो स्थानमा उक्लिनेछ भने सामान्य जित निकालेको खण्डमा चौथो स्थानमा उक्लिनेछ । आज पराजित भएमा विराटनगरको गणितीय सम्भावनापनि समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij