२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

चाडपर्वमा सुरक्षा चुनौती पहिचान गरी सुरक्षा व्यवस्था मजबुत बनाउन आईजीपी केसीको निर्देशन

चाडपर्वमा सुरक्षा चुनौती पहिचान गरी सुरक्षा व्यवस्था मजबुत बनाउन आईजीपी केसीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) डा. मनोजकुमार केसीले आसन्न चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा प्रभावकारी सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको आयोजनामा नेपाल प्रहरी ब्लू प्याभिलियनमा आइतबार आयोजित निर्देशन सम्बोधन कार्यक्रममा उनले उपत्यकामा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

उनले चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्दै नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न प्रहरी अधिकारीहरूलाई आग्रह गरे।

प्रहरी महानिरीक्षक केसीले उच्च व्यावसायिकता, अनुशासन, जिम्मेवारीबोध र प्रतिबद्धताका साथ परिणाममुखी कार्यसम्पादन गर्नसमेत निर्देशन दिए। कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुख, जिल्ला प्रहरी परिसरका प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा गण, गुल्मलगायत मातहतका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij