२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

१२६ रनको लक्ष्य पछ्याउन नसक्दा काठमाडौं पराजित, सुदूरपश्चिम प्लेअफमा

१२६ रनको लक्ष्य पछ्याउन नसक्दा काठमाडौं पराजित, सुदूरपश्चिम प्लेअफमा

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमाडौं  गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश गरेको छ । सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं  २० ओभरमा ७ विकेट गुमाएर ११८ रनमा समेटियो । काठमाडौंका लागि राशिद खानले सर्वाधिक ३५ रन बनाएका छन् ।

दुशन हेमन्थाले २१, सन्तोष यादवले १०, साम हेजलेटले ११ र करण केसीले ८ रन बनाएका छन् । सुदूरपश्चिमका लागि अनिल खरेलले दुई विकेट लिए । स्कट कुगेलेइन र फाबियन एलेनले समान १–१ विकेट लिए ।  यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij